स्वास्थ्य सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

17

संतोष रन्जितकार
वीरगंज, २२ असार ।
कोरोना भाइरस तथा अन्य रोगहरुबाट कसरी बच्ने भन्ने बारेमा पत्रकारहरुसंग स्वास्थ्य सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं २ अन्तर्गत रहेको सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय सपही धनुषाको आयोजनामा सोमबार पर्साका संचारकर्मीहरुसंग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल मेडिकल एसोशिएसनको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर मुक्तीनारायण साहले विश्वमा माहामारीको रुपमा फैलिएको कोराना भाईरसको त्रास प्रदेश नं. २ मा रहेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रदेश नं २ मा कोरोना भाईरस कोभिड–१९ दिन प्रतिदिन बढदै गईरहेको अवस्थामा सबैलाई सचेत र सतर्क रहन, भिडभाडबाट टाढा रहन, मस्कको प्रयोग गर्न, समय–समय मा साबुन पानी हात धुने बानी समेत बसाल्न आग्रह गर्नु भएको थियो । उहाले यस्तो जटिल अवस्थामा पनि पर्साका संचारकर्मीहरुले निर्धक्क रुपमा आफनो भुमिका निर्वाह गरेकोमा संचारकर्मीहरुको प्रशंसा समेत गरेका थिए । साथै उहाले कारोना भाईरसबाट मात्र महामारी फैलने नहुदा अरु रोग जस्तै मलेरिया, कुष्ट रोग, हेपाटाइटिस बी लगायत रोगहरुबाट बच्न पनि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा आफनो मन्तब्य राख्दै पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले कोरोनाको त्रास कायमै रहेकोले त्यस्तो अवस्थाबाट बचाउ गर्दै सबै संचारकर्मीहरुलाई सामाजिक दुरी कायम गरी आफनो कामहरु गर्न आग्रह गर्नुभएको थियो ।