भारतीय क्रिकेट खेलाडी धोनीको जन्मोत्सवमा वीरगंजका प्रशंसकहरुद्वारा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण

17

संतोष रन्जितकार
वीरगंज २३ असार ।
भारतीय क्रिकेट टिमका पुर्व कप्तान एवम् चर्चित खेलाडी महेन्द्र सिंह धोनीको जन्मोत्सवमा उनका प्रशंसकहरुले वीरगंजमा गरिब, असाहय र सुरक्षाकर्मीहरुलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका छन् । धोनीको ३९ औं जन्मदिनको अवसरमा उनका प्रशंसक युवाहरुले वीरगंज बजारका विभिन्न स्थान, मठ मन्दिर र मस्जिदमा पुगेर ८० जना भन्दा बढीलाई खाद्यान्न र २०० भन्दा बढी व्यक्ति र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् । एमएस धोनी फ्यान क्लब वीरगंज नामक समुह बनाएर युवाहरुले मंगलबार उक्त कार्य गरेका हुन् ।

उनका ७ प्रसंसकहरुले रक्त सञ्चार केन्द्र वीरगञ्ज पुगेर रक्तदान समेत गरेका थिए । विश्वस्तरमा क्रिकेट प्रेमीहरुको माझ निकै चर्चित मानिएका धोनीको समर्थकहरु नेपालमा पनि धेरै रहेका छन् ।
सो वितरण कार्यक्रममा फ्यान क्लबका विक्की सर्राफ, आशिष गुप्ता, विनय गिरी, मनोज यादव, अभिजित यादव, रोमी खान, आशुतोष कुमार, पवन यादव, गौरभ अग्रवाल लगयातको सहभागिता रहेको थियो ।