ग्लोबल आइएमई बैंकद्वारा प्रदेश राहत कोषमा दस लाख सहयोग

12

जनकपुरधाम, अषाढ २४ ।

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा ग्लोबल आइएमई बैंकले दस लाख सहयोग गरेका छन ।
संस्थाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाखको चेक हस्तान्तरण गरेका छन् ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।
प्रदेश सरकारले राहत कोषको रकम कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि खर्च गर्दै आएको छ ।