प्रधानमन्त्री ओलीको समर्थनमा निकालियो मोटरसाईकल र्‍याली

48

संतोष रन्जितकार
वीरगंज, २४ असार ।
वर्तमान सरकार तथा प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुधवार वीरगंजमा बृहत मोटरसाईकल र्‍याली निकालिएको छ । स्वतन्त्र युवा समाज वीरगंज पर्साले स्थानीय युवा हनिफ मियाको नेतृत्वमा सो र्‍याली निकालेको हो ।
उक्त मोटरसाईकल र्‍याली वीरगंजको घण्टाघरबाट शुरु भई माईस्थान, आदर्शनगर, अलखियामठ, मकालु चौक लगायत नगरको विभिन्न भाग परिक्रमा गरेर पुन: घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । सो र्‍यालीमा सहभागी भएकाहरुले स्थित सरकार जिन्दावाद, के पी ओली जिन्दावाद, राष्ट्रिय एकता जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद लगायतका नाराहरु लगाएका थिए ।

कोणसभालाई रवी गुप्ता, अकलेश साह, सगिर अहमद, हनिफ मिया लगायतका युवाहरुले सम्बोधन गर्दै बर्तमान सरकारको निरन्तरता दिनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प नभएको बताएका थिए । साथै बर्तमान परिवेशमा फैलिएको महामारीको समयमा प्रधानमन्त्री फेरबदल गरेर बनेको सरकार नबिगार्न पनि विरोधीहरुलाई आग्रह गरेका थिए ।
जुलुशमा युवाहरु महमद निजामुद्धिन, ईम्रान हुसेन, राजकिशोर गुप्ता, शंकर महतो लगायत सयौं भन्दा बढीको सहभागिता रहेको थियो ।