छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने दिने सरकारको निर्णय,भाडा ५० प्रतिशत बढ्यो

19

काठमाडौं ।

सरकारले छोटो दूरीमा  सार्वजनिक यातायातका  सञ्चालन गर्न दिने  निर्णय गरेको छ ।गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेकाे छ ।सरकारले लामाे मध्यम तथा लामाे दूरीकाे यातायात बन्द गर्ने निर्णय भने कायमै रहेकाे छ ।

भाडा ५० प्रतिशत बढ्यो
यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैनन् ।