हत्याको अभियोगमा कारागारमा रहेका ऋषीकेश छुट्ने हल्ला, श्रीमानको हत्यारालाई कतैबाट मोलाहिजा नहोस्: ममीता देवी

27

वीरगंज, २४ असार ।
आफ्नो श्रीमानको हत्याको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका व्यक्ति अब छुट्ने भयो भनी हल्ला चलेपछि ममीता देवी दुस्खी भएकी छिन् । गाउँमा बिचौलियाहरुले हामी सब मिलाई सकेका छौं भनेर हल्ला चलाएपछि आफ्नो दिनको चैन र रातको निंद्रा हराम भएको ममीताले बताइन् ।
वीरगंज महानगरपालिका वडा नं २५ मौजे श्रीसियाका रबी पटेलको हत्याको अभियोगमा हाल पुर्पक्षको लागि जेल चलान भएका ऋषीकेश पटेल उच्च अदालत अस्थाई इजलास वीरगंजबाट छुट्ने हल्ला गाउँमा फिजिएपछि मृतक रबीको श्रीमति ममीता देवी पटेल चिन्तित भएकी हुन् ।
अदालतको कागजी प्रक्रिया दु्रत गतीमा अगाडी बढेको देख्दा ममीताले गरेको शंकालाई बल पुग्ने ठाउँ देखिन्छ । मिति २०७७ असार १० गते पर्सा जिल्ला अदालतका माननीय न्यायधीश श्री भोलानाथ ढकालको आदेशले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको ८० नं। बमोजिम ऋषीकेश पटेललाई थुनुवा पुर्जी दिई कारागार चलान गरियो । असार १५ गते उच्च अदालतमा पर्सा जिल्ला अदालतको आदेश बदर गर्न निवेदन दर्ता भयो ।
असार १६ गते कैफियत प्रतिवेदन माग्ने आदेश उच्च अदालतले गर्‍यो । असार १७ गते उच्च अदालतको पत्र जिल्ला अदालतमा आयो । असार १८ गते पर्सा जिल्ला अदालतबाट कैफियत प्रतिवेदन उच्च अदालतमा गयो । असार १९ गते ऋषीकेशको मुद्दा पेशी चढ्यो तर त्यो दिन सरकारी वकिलले मोहलत लिएपछि मुद्दाको सुनुवाई टर्‍यो । दु्रत गतीमा सम्पन्न भएको यो काम कारवाहीको प्रकृति हेर्दा अदालतबाट हुने न्याय सम्पादन प्रक्रियामा कतै ममीताले शंका गरेको विचौलियामा त हावी भएको छैन भनी शंका उब्जिएको छ ।
मेरो श्रीमान रबीको हत्या भएको तथ्य प्रमाणले बताइसकेको र घटनाको प्रकृति र साक्ष्य प्रमाणले मेरो श्रीमानको हत्यामा संलग्न व्यक्ति ऋषीकेश नै भएकोले त्यसमाथि कतैबाट मोलाहिजा नगर्न ममीताले अपील गर्नुभयो ।
बैशाख ८ गते बिहान श्रीसियाको पश्चिम नगर विस्तारको जग्गा नजिकै सोही ठाउँ बस्ने देवनाथ राउत कुर्मीको छोरा रबी कुमार पटेलको हत्या गरी शव फालिएको अवस्थामा बिहान गाउँलेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बैशाख ७ गते बेलुका गाउँकै महेशको होटेलबाट रक्सी खरिद गरेर ऋषीकेश र रबी दुवै जना संगै खाएका थिए । ऋषीकेशले आफ्नो बयानमा खाना खाइसकेपछि फेरी रबीसंग भेट्ने बताएका थिए । प्रहरीले गरेको पोलिग्राफिक टेस्टमा ऋषीले बयानको दरम्यान झुठो बोलेको उल्लेख छ । रबीको हत्या भएको दिन राती ऋषीकेशलाई ११स्२१ मिनेटमा मोटरसाईकल चढी आइरहेको उनका काका अन्तीलाल पटेलले देखेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बैशाख ७ गते राती नै ऋषीकेशले अवधेशको पसलबाट लोकल रक्सी खरिद गरेर ५२ बिगहाको प्लटमा रबीसंगै बसेर खाएको तथ्य प्रहरीले अदालत समक्ष पेश गरेको बताइन्छ ।