कालाकर्तुत लुकाउन नाटक मञ्चन : सभापति यादव

44

वीरगंज, २६ असार ।
देश कोरोना महामारीबाट गुज्रीरहेको वर्तमान अवस्थामा सबैतिरबाट बदनामी कमाएर चर्चामा आएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ध्यान भटकाउन नाटक मञ्चन गरेको आरोप नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति पर्सा क्षेत्र नं. ४ (क) का सभापति श्रीकान्त यादवले लगाएका छन् ।

केही दिन अगाडी नेपाली कांग्रेसका डेढ सय कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको भ्रामक खबर जालिम मियाँले फैलाएको प्रति खेद व्यक्त गर्दै यादवले यस्तो महामारीको बेला खसी काटेर भोज गरी सो भोजलाई पार्टी प्रवेशको नाम दिई मियाँले आफ्नो कलाकर्तुत लुकाउन नाटक मञ्चन गरेको आरोप लगाउनु भयो । सो भेलामा नेपाली कंग्रेसको कुनै साधारण सदस्य समेतले पार्टी परित्याग नगरेको सभापति यादवको दावी रहेको छ ।