प्याब्सन र सामुदायिक विद्यालयका प्रअहरु बीच छलफल, शिक्षा क्षेत्रमा सुधारको लागि नयाँ समिति गठन

8

संतोष रन्जितकार
वीरगंज, २६ असार ।
निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु बिच छलफल गर्न बैठक बसेको छ । बैठकममा पर्साको हालको शैक्षिक अवस्था तथा निजी र सामुदायिक विद्यालय बिचको दुरी, विद्यार्थी भर्ना, पर्सा जिल्लाको शैक्षिक अवस्था, कोरोना महामारीका क्रममा शिक्षा क्षेत्रमा परेको असर र शिक्षकहरुको रोकिएको तलब लगायतका विषयमा छलफल भएको हो ।
बैठकले प्याब्सनका तर्फबाट ३ जना र सामुदायिक विद्यालयका तर्फबाट ३ जना रहने गरि ६ सदस्यीय समिती गठन गरेको छ । उक्त समितीले शिक्षा क्षेत्रमा सुधारका लागि पहल गर्नेछ ।
सामुदायिक र निजी विद्यालय मिलेर यहाँको शैक्षिक स्तरलाई सुधार गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने विषयमा पनि सहमती भएको छ ।
ज्ञान ज्योती माविको प्रांगणमा सम्पन्न भएको बैठकमा प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, सचिव छेदुप लामा, नगर अध्यक्ष आलोक चौरसिया, नगर सचिव राहुल श्रीवास्तव, विभिन्न विद्यालयका संस्थापक तथा प्रधानाध्यपकहरु, सामुदायिक विद्यालयको तर्फबाट रेल्वे माविका प्रअ दिनेश चौरसिया, त्रिजुद्ध माविका प्रअ हरेन्द प्रसार कुर्मी, सुरेन्द्र कुँवर, अरविन्द कुमार लाल, लक्ष्मी साह लगायतको सहभागिता रहेको थियो ।
बैठकले आगामी दिनमा यो समितीमा एन(प्याब्सनलाई पनि सहभागि गराई अघि बढ्ने सहमति गरेको प्याब्सन नगर अध्यक्ष आलोक चौरसियाले बताए ।