नमुना युवा सांसद स्थापनाको दोस्रो दिन युवाहरुलाई सपथ ग्रहण

प्रदेश सांसद शर्माद्वारा पार्लियामेन्टमा हुने गतिविधिबारे जानकारी

45

संतोष रन्जितकार
वीरगंज, २७ असार ।
युवाहरुलाई लक्षित गर्दै ३ दिने नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको शनिबार दोश्रो दिन युवाहरुले सपथग्रहण कार्यक्रम सम्पन्न गरेका छन् ।
सोहाना मिश्राको अध्यक्ष्तामा भएको होटल विरगंज दरबारमा सञ्चालीत ३ दिने नमुना युवा सांसद अभ्यास कार्यक्रममा युवा पिढिलाई लक्षित गर्दै भईरहेको नमुना युवा सांसद अभ्यास कार्यक्रममा युवाहरुको क्षमता विकासको साथसाथै देश विदेशमा जांदा सांसद भवन लगायत कुनै पनि राजनीति स्तरमा नेपालको बारेमा बहस गर्दा यो प्रशिक्षणले निक्कै सहयोग पुर्‍याउने युवा नेता सन्तोष गुप्ताको भनाई रहेको थियो ।
त्यसैगरी रोष्ट्रम भित्र प्रदेश सांसद ओमप्रकास शर्माले युवा माननियहरुलाई पार्लियामेन्टमा हुने विभिन्न गतिविधिबारे जानकारी गराएका थिए । त्यसैगरी संघिय प्रादेशीक र स्थानीय सरकारको गठन तथा कार्य जिम्मेवारी संसद वा कानुनी व्यक्तित्व हुनु पर्ने यसका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ आवश्यक हुने व्यवस्थापीका र कार्यपालिका बिचको अन्तरसम्बन्ध अधिवक्ताहरु मध्येबाट हुने विषयमा प्रशिक्षणको क्रममा युवाहरुलाई सिकाईने बताए ।
कार्यक्रममा युवाहरुमा नफिसा खान, नबिदा खान, सुमिता सिंह, निशा गुप्ता, रेखा कुमारी महतो, विवेक श्रीवास्तव, रितिक श्रीवास्तव, रानी गुप्ता लगायत ४० जना युवाहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रम सञ्चालन विरगंज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष गुप्ता, रक्की प्रसाद साह र राहुल साहले गर्नु भएको थियो ।