नेपाली कांग्रेस पर्साद्वारा बहुअरीमा १७ सदस्यीय टोल समिति गठन

18

संतोष रन्जितकार
वीरगंज, २७ असार ।
नेपाली कांग्रेस पर्साद्वारा वडा नं. १४ बहुअरीमा टोल समिति गठन गरेको छ । नेपाली कांग्रेस वीरगंज महानगर वडा नं. १४ बहुअरी टोलका सभापति सन्जय साहको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली कांग्रेस विधि र बिधानसंग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लोकतन्त्रको लागि कहि कसैसंग सम्झौता नगरेकोले कांग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर कांग्रेस स्थापनाकाल देखि रहि आएको बताए ।

कार्यकर्ता भेलामा नेपाली कांग्रेस जिल्ला सचिव श्याम पटेल, नेता रामनारायण कुर्मी, क्षेत्रीय सभापति बिजय कुमार सर्राफ, सह–सभापति अरबिन्द कुमार गुप्ता, नगर सभापति भोला प्रसाद कलवार, जिल्ला सदस्य रामबाबु कुर्मि, नेवि संघका पुर्व केन्द्रीय सदस्य सुधिर पटेल, नेविसंघका पुर्व संयोजक दिलिपराज कार्कि, नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेल, नेपाली कांग्रेस नगर उपाध्यक्ष बिशेश्वर पटेल, मेराज आलम लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यकर्ता भेलाले सभापति साबिर अहमद अन्सारी, उप–सभापति रहमतुल्लाह अन्सारी, सचिव अफलाक अन्सारी, सह–सचिव सोयब अन्सारी, कोषाध्यक्षमा रहमत अन्सारी सहित १७ सदस्यीय वडा टोल समिति गठन गरिएको जिल्ला सचिव श्याम पटेलले बताए ।