मेडिकल र क्लिनिक सञ्चालकहरुलाई कारबाही स्वरुप फोहोर सफा गर्न लगाइयाे

25

सन्तोष रंजितकार,
बिरगंज ।

अस्पतालबाट निस्किने फोहोर जथाभावी सडकमा फाल्ने वीरगंजको विर्ता आसपास का मेडिकल र क्लिनिक सञ्चालकहरु लाई कारबाही स्वरुप उनीहरुलाई नै फोहोर सफा गर्न लगाइएको छ ।

सामुदायिक प्रहरी सझेवदारी सुरक्षित तथा व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत मंगलबार विर्ता आसपास मा रहेका मेडिकल तथा अस्पताल क्लिनिकहरुलाई फोहोर सफा गर्न लगाइएको हो । मेडिकल तथा अस्पतालमा प्रयोग भएका मेडिकल जन्य फोहोर त्यस क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरुले जथाभावि सडकमै फाल्दै आएका थिए भने आसपास मा बसोबाँस गर्दै आएका बासिन्दा लाई दुर्गन्धित फिलाउने काम मेडिकल तथा क्लिनिक अस्पताल ले गर्दै आएको थियो।

अभियानले अबदेखि सडकमा जथाभावी फोहोर फालेको भेटिमा कानुन बमोजिम को कारबाही गर्ने समेत जनाएको छ । वीरगञ्जको अलखिया मठदेखी बिर्तासम्मको क्षेत्रमा मेडिकल तथा क्लिनिक सञ्चालकहरुले सडकमै जथाभावी फोहोर फाल्दा शहरको सौन्दर्य विग्रनुका साथै त्यसले विभिन्न रोगहरुसमेत फैलिने सम्भावना रहेको थियो ।

आज कारवाही बमोजिमको आफै सफाई गर्न लगाइएको र अबदेखि पनि जथाभावी फोहोर फालेको भेटिए थप कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताउनुभयो ।

त्यस क्षेत्रमा भिजन डाइग्नोस्टिक, श्री गणेश डाईग्नोस्टिक, प्रवेश क्लिनीक, डा.आनन्द कुमार झाको क्लीनिक, शान्ति पोलि क्लीनिक, डा. मनोज रुंगटाको मेडिस्क्यान लगायतका क्लीनिकहरुले जथाभावी सडकमा नै मेडिकल जन्य फोहोर फाल्दै आएका थिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जारी अभियानमा प्रहरी नायव उपरीक्षक गौतम थापा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, वडा नम्बर ३ का वडाध्यक्ष बैजु स्वर्णकार, वीरगंज युवासमाजका कमल चौगाई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका जय प्रकाश खेतान, अनुप अग्रवाल लगायतको सहभागिता रहेको थियो ।