११६ संक्रमित थपिए, ३४ डिस्चार्ज

16

काठमाडौँ, ३० असार (रासस) :
पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सड्ढ्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सड्ढ्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच/पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन/तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई/दुई सड्ढ्रमित फेला परेका छन् । यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढु·ा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक/एक जना सड्ढ्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज देखिएकासँगै कुल सड्ढ्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ रहेका छन् । कुल सड्ढ्रमितको ६०.५३ प्रतिशत डिस्चार्ज भएको उहाँले जानकारी दिनुभयो ।