क्षतिग्रस्त बाँधको मर्मत गर्दै राज्यमन्त्री यादव

10

सत्येन्द्र प्रताप सिंह
रौतहट, ३१ असार ।
प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटको एक क्षतिग्रस्त बाँधको मर्मत सम्भार गर्न आफै जुटेका छन ।
जनप्रिय एवं विकास प्रेमी नेता माननीय योगेन्द्र यादवले जिल्लाको राजदेवी नगरपालिका ४ बसतपुरमा बागमती नदीको क्षतिग्रस्त बाँधको मर्मत सम्भार गर्ने कार्य सुरु गरेका हुन् ।
लगातारको वर्षापछि केहीदिन अघि मात्रै बागमती नदीमा आएको बाढीले बसतपुर स्थित तटबन्धको ठोकर तिब्र गतिमा कटान गरिरहेको बारे विभिन्न सञ्चार माध्यममा खबर देखेपछि हिजो मात्रै राज्यमन्त्री यादवले उक्त बाँधको अनुगमन गरेका थिए ।
राज्य मन्त्री यादवले आफ्नै व्यक्तिगत लगानीमा बाँस गाँडेर बोरामा माटो र ढु·ा राखेर उक्त क्षतिग्रस्त बाँधको मर्मत सम्भार गर्न लागेका हुन् ।
बागमती नदीबाट बाँधलाई थप क्षति हुनबाट जोगाउन र सर्वसाधारण जनतालाई प्राकृतिक विपदबाट बचाउन कृषि राज्यमन्त्री योगेन्द्र यादवले आफ्नै पहल एवं लगानीमा उक्त बाँध कटानलाई नियन्त्रण गर्न लागेका हुन् ।
क्षेत्र नं. १ मा एक माननीय र एकजना प्रदेश सांसद भएपनि उक्त बाँध मर्मत गर्न कसैले ध्यान नदिएको अवस्थामा राज्यमन्त्री यादवको ध्यान उक्त बाँध मर्मत गर्ने तर्फ गएको हो । मन्त्री यादवले चलेको उक्त कदम निकै सराहनीय रहेको भन्दै चारैतिर उहाँको प्रसंसा समेत भइरहेको छ ।