संयुक्त रक्तदान कार्यक्रममा ४ महिला सहित २५३ जनाले रक्तदान गरे

18

सन्तोष रंजितकार
बिरगंज।

साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

रक्त संचार केन्द्रले रक्त अभाव भएको भन्दै सामाजिक संघ संस्थाहरुलाई रक्तदान कार्यक्रममो आयोजना गरेर जीवनदानको महाअभियानलाई सघाउन अपिल गरेको थियो । रक्त संचार केन्द्रको अपिललाई आधार मानेर आयोजक संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन ।

बीरगंजको बिर्तामा रहेको परम्परा पार्टी प्यालेसमा आयोजन गरिएको रक्तदान कार्यक्रमको जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष राजेशमान सिंहले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता शशीकपुर मिया,सीपु तिवारी जितेन्द्र साह , श्यामबाबू साह , सन्दिप साह , मेघनाथ साह , सरोज कुश्वाह , कृष्ण पटेल , सन्दिप पटेल ,रबिन्द्र पटेल लगायतकाले रक्तदान गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी ज.स.पाका नेता नेजामुदिन समानी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

४ महिला सहित २५३ जाना ले रक्तदान गरेको जानकारी समाजवादी पार्टी का पर्सा अध्यक्ष राजेश मान सिंह जानकारी दिए । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक कर्मचारीहरुको सहायोग रहेको छ ।