सुर्य नेपालद्वारा रक्तसञ्चार केन्द्र पर्सालाई रकम सहयोग

23

संतोष रन्जितकार
वीरगंज, १ साउन ।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्रलाइ सुर्य नेपाल प्रा.लि.ले आर्थिक सहयोग गरेको छ ।
नेपाल रेडक्रस पर्साको रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माणको लागि सुर्य नेपाल प्रा.लि.ले ११ लाख ५० हजार रकम सहयोग गरेको हो ।
नेपाल सरकार एवं सडक बिभागबाट वीरगंजको सडक फराकिलो बनाउने उद्देश्य रहेकोले बाटो फराकिलो बनाउँदा नारायणी अस्पतालसंगै रहेका नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रको भवनको केही भाग समेत भत्किने भएको हुंदा नयाँ भवन निर्माणको लागि सो रकमबाट करकट्टा गरी ९ लाख ७७ हजार ५ सय रुपैयाको चेक सुर्य नेपालका महाप्रबन्धक प्रभाकर शाह र उमेश थापाले रक्तसञ्चार केन्द्रका संयोजक श्रीमती मधु राणा र प्रदेश नं. २ का अध्यक्ष फुल महम्मद मियाँलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो चेक हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशन्कर सिह, उदय राज शर्मा, सौरभ राज पाण्डे, रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।