स्थानीय प्रशासनले लगाएको पार्कि· बेरियरको कारण व्यापार ठप्प भएको व्यापारीहरुको आरोप

व्यापारीहरुद्वारा पसल बन्द गरी विरोध प्रदर्शन

14

संतोष रन्जितकार
वीरगंज, १ साउन ।
वीरगंजका साना व्यवसायीहरुले व्यापार ठप्प हुन् लागेको भन्दै बिरोध प्रदर्शन गरेका छन् । वीरगंजको घण्टाघर देखि माइस्थान चौकसम्म व्यवस्थित वीरगंज तथा ट्राफिक व्यवस्थापनको नाममा स्थानिय प्रशासनले बेरियर खडा गरेपछि घण्टाघर देखि माईस्थान चौक सम्मका व्यापारीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।


उनीहरुले बेरियरका कारण आफ्नो व्यापार नै ठप्प भएको बताएका छन् । व्यापारीहरुले स्थानिय ट्राफिक प्रहरी कार्यालय तथा स्थानिय प्रशासनका कारण वीरगंजको घण्टाघर देखि माईस्थान सम्मका सबै पसलहरु बन्द भएको आरोप लगाएका छन् ।
व्यापारीहरुले घण्टाघर वीरगन्ज माईस्थान सडक खण्डमा बिरोध प्रदर्शन गर्दै बाटो अवरुद्ध गर्न खाजेपछि प्रहरीले हस्तक्षेप गरी हटाएको थियो । प्रहरीले बिरोध गर्न नदिए पछि व्यापारीहरुको टोली समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए ।
व्यापारीहरुले पसल बन्द गर्दै तार बार हटाएर पसल अगाडी पार्कि· गर्न दिने तथा व्यापार सुचारु गर्न दिने माग गर्दै आएका छन् । लामो समयको लकडाउनको बेला व्यापार घाटा बेहोरेर व्यापारीहरु स्थानिय प्रशासनको कारण थप पीडामा रहेको अगुवाहरुको भनाई छ ।