बृहत रक्तदान कार्यक्रम सम्पन्न

11

सन्तोष रंजितकार, बिरगंज  ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र गगन बचत तथा ऋण सहकारी सस्था लि. पर्साको सन्युक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।

रक्तदान गर्नुहुनेमा बिना कुमारी , पुजा शाही ठकुरी , सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्री ,सामुदायिक सेवा केन्द्र छपकैयाका सचिव प्रबिण बिक्रम शाह , प्रताप सिंह ठकुरि , बिक्की थापा , राजु मगर , नवीन सिंह , बिकाश सरार्फ , जगदीश महतो , बरकत राय , शाहिल आलम , शाहिल हुसेन, प्रबेज आलम , आदर्श यादव , रोशन गुप्ता , सोईब अख्तर , शेष जुनेद , दिपेन्द्र यादव , गोकुल गेलाल , अमरुदिन मिया ठकुराई, सुरेश पहरी , जनिम आलम लगायतले रक्तदान गरेका थिए ।

प्रहरी बिट छपकैयाको प्राङ्गणमा शनिबार भएको रक्तदान कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई र प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त ज्यु रहनु भएको थियो ।

त्यसै गरि बिशिस्ट अतिथिना जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवर , सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्री ,वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकार ,ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान , छपकैया गुठीका अध्यक्ष धिरज शर्मा लगायत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष प्रेमा सिंहले र कार्यक्रम सहजीकरण सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य अजित कुमार भुजेलले गर्नु भएको थियो ।