वातावरण जिउने आधार संस्था जनकपुर शाखाद्वारा वृक्षराेपण कार्यक्रम सम्पन्न

18

प्रदेश नं २ को राजधानी जनकपुरधाममा वातावरण जिउने आधार जनकपुर शाखाले जिरो माइलको पार्कमा सरसफाइ गरि शनिबार  ‘देववृक्ष पारिजात ‘रोपण गरेकाे हाे ।

काेभिड १९ को मध्यनजर गर्दै मास्क,ग्लोब्स,सेनिटाईजर र सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न गरेकाे जनाएकाे छ ।

प्रदेश सभा सदस्य राम अशिष यादबकाे मुख्य आतिथ्यमा भएकाे कार्यक्रममा नागरिक समाजका अमर चन्द्र अनिल, सहायक वन अधिकृत सुरेश प्रसाद शर्मा, राम युवा कमिटीका पूर्व अध्यक्ष सोहन ठाकुर, राम युवा कमिटीका पूर्व उप- अध्यक्ष प्रमेश प्र. साह, जिरो- माइलका सइ देव कुमार झा, एभिन्यूज र दूधमती साप्ताहिक का प्रत्रकार सुजित झा, ट्राफिक प्रमुखका पशुरम घिमिरे लगायतकाकाे उपस्थितीमा कार्यक्रम सम्पन्न भएकाे हाे ।