नि:शुल्क कोरोना परिक्षणको माग गर्दै प्र.जि.अलाई ज्ञापन

24

सन्तोष रंजितकार,
बिरगंज ।

जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समितीले पर्सा प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की लाई कोभिड -१९ कोरोना भाईरस सन्दर्भमा आइतबार ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा नि-शुल्क कोरोना परिक्षणको माग गर्दै जनता समाजवादी पार्टी नेपाल बीरगन्ज महानगर कमिटिले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन । सरकरले कोभिड –१९ चेक जाँचको लागि तोकेको रकम पाँचहजार पाँच सय तत्काल खारेज गरी निशुल्क परिक्षणको व्यवस्था मिलाउँन हुन जनता समाजवादी पार्टी महानगर कमिटिले माग गरेका हुन ।

ज्ञापन पत्र बीरगन्ज महानगरपालिकाले कोरोना परिक्षणको नारा दिएर ठूलो धनराशी संकलन गरी पिसिआर मेसिन समेत खादिर गरी सकेको अवस्थामा परिक्षण सुरु हुन नसक्दा कोरोना को संक्रमण समुदायमै फैलिन सक्ने खतारा बढेको सो ज्ञापन पत्र मा उल्लेख गरिएको छ । कमिटिले बिरगंज महानगरपालिकालाई तत्काल पक्षिण शुरु गर्न ज्ञापन पत्रमा अपिल समेत गरेको छ ।

ज्ञापन पत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले आफु यस सम्बन्धीमा गम्भिर रहेको र छिटो भन्दा छिटो बीरगंजमा कोेरोना परिक्षण गर्नका लागी पहल गरीने बताउनु भएको छ ।

सो ज्ञापनपत्र बुझाउन बिरगंज महानगर अध्यक्ष लियाकत अली , पर्सा जिल्ला अध्यक्ष राजेश मान सिंह , उपाध्यक्ष मदन यादव , केन्द्रीय सदस्यहरू शशिकपुर मियाँ , सिपु तिवारी नेताहरू मुकेश दुबेदी , सलाउद्दीन मंसुरी , शशी पाण्डे , मुना सोनी, केदार साह, प्रमोद यादव महानगर कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता , लगायतको सहभागीता रहेको थियो ।