दुई दिनदेखि परेको अविरल वर्षाका कारण बारा डुबानमा

12

संतोष रन्जितकार
वीरगंज, ६ साउन ।
अबिरल वर्षाले प्रसौनी गाउँपालिका र बारा जिल्लाका बिभिन्न गाउँपालिका, पालिकाहरु डुबानमा परेका छन् । डुबानका कारण सवारी साधन आवात–जावत गर्ने समेत समस्या भएको हो । वर्षाले सडक हिलाम्मे भएकोले सवारी चलाउन र पानी जमेकाले हिडडुल गर्न समस्या भएको स्थानीयहरुले बताए । वर्षाको कारणले गर्दा धानबालीलाई समेत क्षति पुगेको कृषकहरूले बताएका छन् । यो वर्ष समयमा पानी परेको कारणले रोपाई ठिक समयमा हुंदा पनि अविरल वर्षाको कारण सबै बालीहरु डुबानमा परी गल्न थालेको उनीहरुको भनाई थियो ।
विपद ब्यवस्थापन समितिले डुबानमा परेका स्थानीयलाई राहत क्षतिपुर्ति दिनको लागि समिति समेत गठन गरेको छ र समितिले क्षति भएका ठाउँको बिवरण संकलनमा जुटेको सुचना अधिकारी मनोज मिश्रा बताए ।
समितिले डुबानमा परेकाहरुलाई राहत तथा उनीहरुको अन्तै व्यवस्थापन समेत नगरेको स्थानीयहरुको गुनासो रहेको थियो ।
जिल्लाका केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएपछि स्थानीयवासीमा त्रास बढेको छ । गतवर्ष असार र साउनमा भएको लगातार बर्षापछि जिल्लाको ५० प्रतिशत भूभाग डुबानमा परेको थियो । यस बर्षपनि बाढीका कारण समस्या आउन सक्ने भन्दै जिल्लाबासी त्रसित बनेका हुन् ।