बिपीको बिचारलाई अनुसरण गर्नु आजको आवश्यक्ता : अध्यक्ष द्विवेदी

41

संतोष रन्जितकार
वीरगंज, ६ साउन ।
महामानव बिशेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्ला पार्टी कार्यालयमा स्मरण गरेको छ ।
काँग्रेस पर्साका नेताहरुले जननेता स्वर्गीय बिपीको बिचार बारे चिन्तन मात्र गरेनन उनका मार्ग पछ्याउदै अघि बढेमा देश र जनताले राष्ट्रियता, लोकतन्त्र र समाजवादको अनुभुति गर्ने तथा नेपालको भविष्य उज्वल हुने वक्ताहरुको निश्कर्ष थियो । कोइरालाले नेपालको लाकेतानित्रक आन्दोलनकालागि गर्नु भएको नेतृत्वदायी भूमिका र दिनु भएको सन्देश आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएकोमा जोड दिनु भयो ।
काँग्रेस पर्साले ३८ औं बिपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी बिपीको बिचारलाई अनुसरण गर्नु आजको आवश्यक्ता रहेको बताए । कार्यक्रमको अध्यक्षता गरेका उनले बिपीको तस्विरमा पुष्प र तिलक अर्पित गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पार्टीका जिल्ला सचिवद्वय किशोरी कानु तथा श्याम पटेल, महासमिति सदस्य प्रकाश उपाध्याय, जिल्ला सदस्य दिनाप्रसाद गुप्ता, रोशन लामिछाने, बिरेन्द्र यादव, रिजवानुल हक, टूेड युनियन का·्रेस प्रदेश २ का अध्यक्ष लक्ष्मणप्रसाद कुर्मी, बिपी चिन्तन प्रतिष्ठान पर्सा अध्यक्ष फजिल मिया, नेपाल शिक्षक संघ पर्सा अध्यक्ष प्रदिप कुमार जैसवार लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्रधुम्न प्रसाद गुप्ता लगायत महिला र पुरुष गरी ५० जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।