अवैध सामानहरु भन्सार बुझाइयो

13

संतोष रन्जितकार
वीरगंज, ७ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साले ११ लाख मूल्य बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । वीरगंज महानगरपालिका–१६ इनर्वाबाट बरामद गरिएका खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका सामानहरु प्रहरीले भन्सारको जिम्मा लगाएको हो ।
प्रहरीले गैर कानुनी तवरले नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसारपसार गरिरहेको अवस्थामा साउन ४ गते बरामद गरेको अवैध सामान भन्सार बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले बताए ।