मुख्यमन्त्री राउत र सांसद यादवद्वारा बाढीले क्षति पुर्‍याएको ठाउँहरुको अवलोकन

16

संतोष रन्जितकार
वीरगंज, ७ साउन ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत तथा पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा आएको बाढीले क्षती पुर्‍याएको ठाउहरूको स्थलगत अवलोकन गरेका छन । बाढी प्रभावित पर्सा निर्वाचन क्षेत्र न.१ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको स्थानीय प्रशासनका प्रमुखसहित मुख्यमन्त्री राउत र सांसद यादवले स्थलगत अवलोकन गरेका हुन ।


भेडाहा खोलामा वर्षेनी आउने बाढीले यस क्षेत्रमा ठुलो क्षती पुर्‍याउने गरेको स्थानीयले मुख्यमन्त्री राउत समक्ष दुखेसो पोखेका थिए । स्थानीयको गुनासो सुन्दै मुख्यमन्त्री राउतले बाढीले क्षती पुर्‍याएको स्थानीय व्यक्तीहरुलाई राहत उपलब्ध गराउने आश्वासन दिएका थिए । भेडाहा खोलाले प्रत्येक वर्ष यस क्षेत्रको हजारौ विघा खेती योग्य जमीन कटान गरेर बालीमा समेत ठुलो नोक्सानी पुर्‍याउने गरेकाले भेडाहा खोलाको बाढी नियन्त्रणको दिर्घकालिन उपायका बारेमा यथा सिघ्र कदम चाल्न मुख्यमन्त्री राउतलाई सांसद यादवले आग्रह गरेका थिए ।
अनुगमनको क्रममा निलम्वित सांसद हरिनायण रौनियार, प्रदेश सांसद जन्नत अंसारी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारी, पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, जनता समाजवादीका नेता बिरेन्द्र यादव, रामनरेश यादव, सलाउदिन अहमद, तबरेज अहमद लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।