बिरगंजमा अनिश्चितकालीन निषेधाज्ञा लागु

2

बिरगंज :

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले बिरगंज महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेल निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएसँगै बिरगंज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।