शिक्षा सह-संयोजक सुबोध यादवको सकृयतामा प्रा.वि.फतुवा हर्षाहाका विद्यार्थीहरुलाई छात्रवृति

17

सत्येन्द्र प्रताप सिंह

रौतहट, साउन १० ।

रौतहटको प्राथमिक विद्यालय फतुवा हर्षाहाले विद्यार्थीहरुलाई छात्रवृति र दिवा खाजा वापत नगद रकम वितरण गर्ने भएको छ ।

फतुवा विजयपुर नगरपालिका ७ मा रहेको प्राथमिक विद्यालय फतुवा हर्षाहा ५ ले विद्यार्थीहरुलाई आर्थिक वर्ष २०७६,७७ को छात्रवृति र खाजा वापतको नगद रकम वितरण गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विश्वास राय यादवको अध्यक्षतामा विद्यालयको प्रांगनमा आज बसेको अभिभावक भेलालले आउँदो साउन १५ गतेदेखी एक आर्थिक वर्षको लाखौ रुपैया छात्रवृति वितरण गर्ने र खाजा वापतको नगद रकम नै वितरण गर्ने निर्णय गरेको छ ।

प्राथमिक विद्यालय फतुवा हर्षाहा कक्षा ५ सम्म सञ्चालनमा रहेको छ । उक्त विद्यालयमा अध्ययनरत एक सय छात्र छात्राहरुले रु ३ लाख ३७ हजार ४ सय २० रुपैया छात्रवृति वापत रकम पाउने भएका छन ।

फतुवा विजयपुर नगरपालिकाका सह शिक्षा संयोजक सुबोध यादवको विशेष सकृयातामा विद्यार्थीहरुले छात्रवृति पाउने भएका छन ।

चार महिने लामो लकडाउनका कारण ओझेलमा परेको छात्रवृति रकम निकासा गर्न सह संयोजक सुबोध यादव अग्रनी भूमिका खेलेका थिए ।

शिक्षा सह संयोजक यादवको विशेष पहल र सहयोगमा खाजाको रकम र छात्रवृति पाउने भएपछि विद्यार्थीहरु निकै हर्षित भएका छन ।