अबैध रुपले भारतीय कामदार भित्रीयाएको पाएमा कारवाही गरिने:-सहायक प्रजिअ ललित कुमार बस्नेत

1

सन्तोष रंजितकार,
बिरगंज ।
सिमा नाकाबाट अबैध रुपमा भारतिय कामदार कामको शिलशिलामा नेपाल भित्रीदा कोरोना संक्रमणको जोखिम झनै बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल भित्रीने भारतीय कामदार खोजी कार्य सुरु गरेको छ । सोही क्रममा जिल्ला प्रशासनले आइतवारबाट वीरगञ्जका उद्योग कलकारखानामा कार्यरत कामदार तथा कर्मचारीहरुको विवरण संकलन गर्न थालेको छ ।

जिल्ला प्रशासन कर्यालय पर्साले सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतको संयोजक्तमा जिल्ला प्रहरी कार्यालय पर्सा र बिरगंज उधोग बाणिज्य कार्यालयको एक टोली गठन गरिको छ ।सो टोलीले पर्साका ५०० साना ठुला कलकारखाना उधोग क्षेत्रमा भारतिय कामदार नियम सम्बत कलकारखानाले ल्याएका छन कि छैन कतै गैर कानुनी तरिकाले कलकारखानामा भित्र्याउने काम त भएको छैन भन्ने बारेमा अनुगमन गरिएको छ। केही दिन पहिले मारुती फर्मामा समेत १२ जाना कामदार तथा कर्मचारीलाई कोरोना संक्रमण देखा परेको थियो ।

अहिले बारा जिल्लाको जगदम्बा स्टीलमा पनि कार्यरत सि.ओ लगायत काम्दार कर्मचारीमा पनि कोरोना संक्रमण देखिएकाे भने अहिले जगदम्बाका सिओ लाई स्वासप्रस्वासमा समेत समस्या देखिन थालिएको छ।

यदि कलकारखानामा संक्रमीत भएको देखियाे भने सोही कलकारखानालाई नै क्वारेन्टाइन बनाउने जानकारी सहायक जिल्ला अधिकारी दिनु भयो। गैर कानुनी रुपले भारतीय कामदार भित्रीयाएको पाएमा संक्रमण ऐन कानुन अनुसार कलकारखाना उधोग ब्यापारीलाई नै कारवाही गरिने सहायक जिल्ला अधिकारीले जानकारी दिनु भयो।