“एक घर एक परिक्षण” शुभारम्भ, पहिलो दिन २ सय ९ जनाको स्वाब संकलन

1

सन्तोष रंजितकार,
बिरगंज

महानगरपालिकाले “एक घर एक परिक्षण” अन्तर्गत वडा न. ९ बाट आज पि.सि.आर परिक्षण शुभारम्भ गरेको छ ।

महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । वडा नं ९ मा रहेको रेल्वे माविमा स्वाब संकलनको काम भएको हो ।स्वाब संकलन भन्दा अघि महानगरका कर्मचारीले रेल्वे स्कूललाई डीसइन्फेक्टेड गरेका थिए ।

आज २ सय ९ जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन कार्यको बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले अवलोकन गर्नु भएको थियो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो ।

स्वाब संकलन केन्द्रमा संचारकर्मीसंग कुरा गर्दै महानगर प्रमुख बिजय सरावगीले महानगरका नागरिकको जीवन रक्षाकालागि महानगरले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

परिक्षणकालागि नारायणी अस्पताललाई सबै आवश्यक सामाग्री उपलब्ध गराएको उहाँले बताउनु भयो । उहाँले नारायणी अस्पताल र स्थानीय प्रशासनसंगको सहकार्य ठिक र सुमधुर रहेको बताउनु भयो ।