बहुदरमाईबाट ४५ किलो गाँजा बरामद

15

सन्तोष रंजितकार,
बिरगंज ।

पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाले विशेष सुचनाको आधारमा शनिबार बहुदरमाई न.पा.वडा नं.९ बस्ने मुरत साह कलवारको छोरा बर्ष अ.५५ को धनिलाल साह कलवारकाे  घरबाट बिक्रि वितरण गर्ने उदेश्यले लुकाई छिपाई राखेको अवैध लागु औषध गाँजा ४५ किलो फेला परेको छ।

सो लागु औषध गाँजा बरामद गरी निज धनिलाल साह कलवारलाई खोज तलास गर्दा  फरार रहेकोले निजको खोज तलास तथा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।