जितपुरमा काेराेनाकाे त्रास

43

मनाेेज शाह,

जितपुर, श्रवण १२ ।

छिमेकी पर्सा जिल्लामा समुदायस्तरमा काेराेना फैलिसकेकाे अवस्थामा स्थानीय प्रशासनले त्यहाँ साउन १० गते देखि अनिश्चितकालीन निषेधाज्ञा लागु गरिसकेको छ भने हिजो देखि “एक घर एक परिक्षण” कार्यक्रम पनि सञ्चालन गरेको छ।

यता बारा जिल्लाकै प्रमुख बजारको रुपमा रहेको जितपुरसिमरा  उपमहानगरपालिकाकाे केन्द्र जितपुरमा भने काेराेनाबाट बच्न अति नै लापरबाही भईरहेकाे छ ।यहाँका बजार तथा बैंक क्षेत्रमा सामाजिक दुरी पालना गरिएको छैन । गृह मन्त्रालयबाटनै मास्क नलगाउनेलाई जरिवाना सहित कारवाही गर्न उर्दी जारी गरिए पनि यहा अधिकाशले मास्क नलगाई घुमफिर गरिरहेका छन् भने सम्बन्धित अनुगमन गर्ने निकायहरु पनि माैन बसिदिदा काेराेना अझ सजिलै फैलिन सक्ने देखिएको छ ।

जितपुरमा एकजना काेराेनाबाट संक्रमित भई निकाे भएर घर फर्किसके पनि यहाँ काेराेना फैलिन सक्ने र यसबाट भयावह स्थिति सिर्जना हुन सक्ने जितपुरसमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले भन्नुभयो । साथै हामी सबैजना सर्तक भएर बस्न वडाबासीमा अनुरोध गर्नुभयाे ।