पछिल्लो २४ घण्टामा १ सय ३९ संक्रमित थपिए

14

काठमाडौं :

पछिल्लो २४ घण्टामा १३९ जनाको कोरोना भाइरस पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ७५२  पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन् ।

संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् ।

पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका हुन् ।