आईसोलेशनका लागि होटेल उपलब्ध गराइने :अध्यक्ष पन्त

25

सन्तोष रंजितकार,

बिरगंज , साउन १३  ।

केही दिनदेखि पर्सा जिल्लाको बिरगंज महानगरपालिकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढी रहेको अवस्थामा नारायणी अस्पताल अन्तर्गत गण्डक कोभिड अस्पताल ५० सैयाको रहेको र हाल संक्रमीत बढदै गैइ अस्पतालमा राख्न अभाव भएकोले स्थानीय प्रशासनले होम आईसोलेशनमा बस्न भनेको तर त्यो सम्भव नहुने, एउटै कोठामा परिवार बस्नु पर्ने बाध्यता , छुटै ट्वाईलेट बाथरुम नहुदा अन्य सदस्यलाई पनि सजिलै संक्रमीत भैइ स्थिति झन बिकराल बन्ने , तत्काल आईसोलेशन बेड लगायत भौतिक पुर्वधार निर्माणमा हुन धन र समय खर्च असम्भव भएको हुदा होटेल तथा पर्यटन व्यवसायी संघले तत्काल समाधानको लागि १००/२०० बेड्को एट्याच टवाईलेट बाथरुम भएको होटेल उपलब्ध गराइने अध्यक्ष हरि पन्तले मंगलवार जारी गरेको प्रेस बिज्ञप्तिमा सो कुराको जानकारी गराउनु भएको हो ।

होटेल व्यवसायी एवं समाजसेबी हरि पन्तले यस अघि पनि बिपदको बेला आफ्नो होटेल कन्र्टी ईन क्वारेन्टाइनको लागि उपलब्ध गराएका थिए ।कसैले पनि क्वारेन्टाइनको लागि हस्पिटल , स्कुल , धर्मशाला उपलब्ध गराउन नमानेको तर हरि पन्त त्यो व्यक्ति हुन जसले आवस्यक परे आफ्नो होटेल कन्ट्री ईन क्वारेन्टाइनको लागि निसुल्क उपलब्ध गराउने घोषणा गरे र दिए पनि ।

पन्तले कन्ट्री ईन होटेल बिपदको बेला जो आफ्नो जीवन नै जोखिममा पारेर कोरोना संक्रमीत तथा कोरोना आशन्कितको उपचारमा भगवान समान रहेर कर्मलाई जै जीवन मानेर आफ्नो घर परिवार र बालबच्चालाई माया गर्दै घर जान असमर्थ रहेका डाक्टर , नर्स तथा सुरक्षाकर्मीहरुलाई निसुल्क खान र बस्नको व्यवस्थामा आफै दिन रात लागि रहे ।बिरगंजबासीहरुका लागि आवस्यक पर्दा मेरो होटेल सेवा गर्न हरदम तयार रहेको पनि बताए ।