पछिल्लो २४ घण्टामा ३ सय ११ संक्रमित थपिए

0

काठमाडौं :

पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोना भाइरस पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  योसँगै संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।सोमबार मात्रै १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मंगलबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ५ जहार १सय ३९ पुगेको छ। जसमध्ये प्रदेश १ मा २१७ जना, प्रदेश २ मा १ हजार ९ सय २२ जना , बागमती प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा २६० जना , प्रदेश ५ मा ३९९ जना, कर्णाली प्रदेशमा ३७९ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५०१ जना रहेका  छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।

क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।