फर्मा क्लब पर्साद्वारा कर्मचारीहरुकाे उचित सुरक्षा व्यवस्था मिलाउन मांग

20

बिरगंज ।
फर्मा क्लब पर्साले फार्मेसी उद्योगमा कार्यरत कर्मचारीहरुका लागि उचित सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ ।

क्लबले मङ्गलबार विज्ञप्ति जारी गर्दै पर्सा र आसपासका क्षेत्रमा सञ्चालित फार्मेसी उद्योगहरुलाई उच्च सतर्कता अपनाउँदै कर्मचारीहरुका लागि सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ ।
‘नेपालमा सङ्क्रमितहरुको संख्या बढ्दै गईरहेको र कोरोना भाईरस सामुदायिक स्तरमा फैलिने जोखिमको साथसाथै यस क्षेत्रमा रहेका केही महत्वपूर्ण उद्योग तथा कलकारखानाको साथै औषधी उद्योगहरुमा समेत संक्रमण देखिएकोले यस फर्मा क्लबको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणका कारण कर्मचारीहरुका साथै उनका परिवारजन समेत उच्च जोखिममा रहेकोले उद्योगहरुलाई सम्बेदनशीलता अपनाउँन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्लबले कोरोनाभाइरसका कारण आउन सक्ने सम्भावित समस्याहरुलाई मध्यनजर गर्दै सबै कामदार, कर्मचारीहरुको आरडीटि र पिसीआर परिक्षण गर्नुपर्ने, पीपीईलगायत अन्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई उद्योग सञ्चालन गर्नुपर्ने माग गरेको छ ।