भारतीय कामदारमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनद्वारा जगदम्बा इन्टरप्राइजेज सिल

14

बिरगंज ।

सन्तोष रन्जित्कर
स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोग सचालन गरेको भन्दै जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ ।
पछिल्लो पटक बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको देखिएपछि उधोगहरु शिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।
मारुती फर्मास्यूटिकल्समा कार्यरत मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि त्यो उधोग बारा जिल्लामा पर्ने भएकोले पर्साको प्रशासनले त्यो उधोगलाई शिल गर्न नसक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले बीरगंजको कोरोना अस्थायी अस्पताल गण्डक अस्पतालमा उपचार गराई रहनु भएको छ । कन्टयाक्ट ट्रेसिङमा आएका जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उधोग शिल भएको हो ।