पछिल्लो २४ घण्टामा २ सय १० संक्रमित थपिए

3

काठमाडौं :

पछिल्लो २४ घण्टामा २१० जनाको कोरोना भाइरस पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  योसँगै संक्रमितको संख्या १९ हजार २७३ पुगेको हो ।मङ्लबार मात्रै ३११ जनामा कोरोना संक्रमण देखिएको थियो।देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।