बिरगंजमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

फाइल : फोटो

57

बिरगंज ।

बिरगंजमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत  ६८ वर्षीय  कोरोना सङ्क्रमण पुरुषको मृत्यु भएको हो ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको अस्पतालका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको मेसु डा. उपाध्यायले जानकारी दिए । उनी मुटुको समस्याबाट पनि ग्रस्ती थिए ।

पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।