डा. अबुलहैसले सबैकाे मन जिते,हेल्थ केयर बन्नेभयो कोभिड अस्पताल

102

बिरगंज ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलले अस्थायी कोभिड हस्पिटलको रुपमा सञ्चालन गर्न दिने घोषणा गरे र साे अस्पतालका संचालक डा. अबुलहैस अन्सारीले पर्सा बासीकाे मन जित्न सफल भएका छन्।

पर्सा जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड १९ संक्रमित पुष्टि भएका व्यक्तिहरुमा लक्षण समेत देखिन थालेकोले साे निर्णय गरिएको अस्पतालका अध्यक्ष डा. अबुलहैस अन्सारीले जानकारी दिए ।अस्पतालको आइसोलेसनमा बेडको आभावका कारण हाल १ सय भन्दापनि बढी सङ्क्रमित होम आइसोलेसनमा बस्न बाध्य छन् । त्यसमा ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको अस्पतालका सञ्चालन अबुलहैस अन्सारीले जानकारी दिनु भएको छ।

 

अस्पतालले तीन सुत्रीय र्शतमा रहेर अस्पताल दिन सहमती जनाएको छ ।

पर्सा जिल्लाको स्थानीय प्रशासन, अस्पतालका अध्यक्ष डा. अबुलहैस अन्सारी र स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँगको छलफल अनुसार अस्पताललाई नेपाल सरकारको स्वास्थ्य मन्त्रलय अन्तर्गत रहनेगरि अस्थायी कोभिड हस्पिटलका रुपमा सञ्चालन गर्न दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन नारायणी अस्पतालले गर्ने र सञ्चालनका लागि मापदण्ड र अनुदान नेपाल सरकारले उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको ।