महानगरपालिकाका स्वास्थ्यकर्मीहरु प्रहरी नियन्त्रणमा ( भिडियो सहित )

127

वीरगंज, १५ साउन ।

दिनदिनै दर्जनौको हिसाबले कोरोना संक्रमित थपिदै गएको पर्सा जिल्लामा ४२ जना स्वास्थ्यकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति पर्साको बैठकमा बोलाउँदा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी नजाने गरेको कारणले गर्दा पर्सामा कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासन र महानगरबीच तालमेल हुन सकेको छैन ।

 

 

गत शनिबार जिल्ला संकट व्यवस्थापन समितिको बैठकमा पनि मेयर सरावगी उपस्थित भएका थिएनन् । मेयरले असहयोग गरेको अनुभुति स्थानीय प्रशासनलाई भएपछि प्रहरीले महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमु्ख अरुण महतोलाई कार्यालय मै गई आफ्नो गाडीमा बसाएर जिल्ला प्रशासनमा बोलाई ६० जना कर्मचारी उपलब्ध गराउन पत्र थमाएको थियो ।
सो अनुसार महानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई स्वाब संकलन र आइसोलेशन सेन्टरमा खट्न अ¥हायो । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोसँग खाने बस्ने लगायत अन्य सेवा सुविधाको सन्दर्भममा जानकारी माग्दा उनले “जहन्नुम मे जाओ” “नर्कमा जाउँ” भनेपछि कुरा बिग्रेको आरोप स्वास्थ्यकर्मी विवेक चौरसियाले आरोप लगाए । अंकुशसँग कुरा गर्दै विवेक चौरसियाले एक त हामीलाई तालिम प्राप्त भएको छैन तर पनि हामी खट्न तयार छौ र यो महामारीमा हाम्रो सुरक्षा व्यवस्था मिलाउने काम पनि राज्यको हो । हामीले हाम्रो हक अधिकारको बारेमा सोध्न जाँदा हामीलाई प्रहरी बोलाएर भ्यानमा चढाएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताउनु भयो ।
अहिले ११ जना महिला स्थास्थ्यकर्मी सहित ४२ जना स्वास्थ्यकर्मीहरु प्रहरी नियन्त्रणमा भएको बताइन्छ ।

स्वास्थ्यकर्मी र प्रहरीबिच अहिले वार्ता भैरहेको छ ।