अन्तिम बिदाई

554

बिरगंज  ।

नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाका संयोजक तथा पुर्व गाउँ विकास समिति अध्यक्ष चन्द्रकिशोर चौरसियालाई नेपाली कांग्रेस पर्साका नेताले श्रद्धाञ्जली दिएका छन् ।

नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिकाका संयोजक तथा पुर्ब गा.बि.स अध्यक्ष चन्द्रकिशाेर चाैरसियाकाे ६२ बर्षकाे उमेरमा निधनप्रति शाेक ब्यक्त गर्दै वहाकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै वहाकाे पार्थिक शरिरमा नेपाली काँग्रेसकाे चार तारे झन्डा ओढाई नेपाली काँग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, पुर्ब मन्त्री सुरेन्द्र चाैधरी,जनार्दन सिह क्षेत्री ,प्रदेश सभा सदस्य राजेश्वर साह नेपाली काङ्ग्रेस जि.सचिव श्याम पटेल,पर्सा गढी न.पा का मेयर लाेकनरायण यादव,बहुदरामाई न.पाका मेयर नितेन्द्र साह,तरुण दल पर्साका सचिव बिवेक चाैरसिया लगायतका नेता कर्याकर्ताले अन्तिम बिदाई गरेका छन।

श्रद्धाञ्जलीका क्रममा उपस्थित अधिकांश व्यक्तिले उनले पर्सा जिल्लाको राजनीतिमा पुर्याएको योगदान र विभिन्न समयमा जनताका लागी गरिएको संघर्षमा उनको भूमिकाका बारे चर्चा गरेका थिए ।