हेल्थ केयर बन्यो कोभिड अस्पताल

63

बीरगंज।

बीरगंज हेल्थ केयर अस्पतालले करिव सय बेडको आइसोलेशन वार्डसहित अस्पतालकाको चावी नेपाल सरकारलाई बुझाएको अस्पतालका संचालक डा.अबु हैयसले बताएका छन्  ।

सङ्कट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरे अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल सञ्चालन गर्न दिन मन्त्रलायले अनुमति दिएको थियो।

पर्सा जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड १९ संक्रमित पुष्टि भएका व्यक्तिहरुमा लक्षण समेत देखिन थालेकोले साे निर्णय गरिएको थियोे । अस्पतालको आइसोलेसन बेडको आभावका कारण  १ सय भन्दा बढी सङ्क्रमित होम आइसोलेसनमा बस्न बाध्य भएका थिए ।

नारायणी अस्पतालको मातहातमा रहनेगरी वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल बनाइएकाे र अस्पतालमा १०० शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको  अस्पतालका संचालक डा. अन्सारीले जानकारी दिए।