बीरगंजमा संघीय सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठायाे

6

काठमाडौं ।

पछिल्लो पटक बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि संघीय सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली वीरगञ्ज पठाइएको हो ।

यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ भने संक्रमितकाे संख्या ५०० नाघेको छ।