मेयर सरावगीको परिवार सहित ४५ जनामा कोरोना संक्रमणको पुष्टि

44

वीरगंज, १८ साउन ।
पर्सामा थप ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अधिकांश संक्रमितहरु वीरगंज महानगरपालिका बजार क्षेत्रकै रहेका हुन् । संक्रमित हुनेमा वीरगंजका मेयर विजयकुमार सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना, वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेका छन् भने वीरगंजको ड्राइपोर्टका ५, वीरगंज ३ छपकैयाका १, वडा नं. ८ का १, मनियारीका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको वीरगंजको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहले बताए । त्यसैगरी वीरगंज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताए । संक्रमितहरु ५ वर्ष देखि ६२ बर्ष उमेर समूहका रहेको वीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए । मास ट्रेसि·का क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको उनको बताए । संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन् । पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ । संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिष्चार्ज पनि भइसकेका छन् ।