पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित, संक्रमितकाे संख्या २१ हजार ९ पुग्यो

57

काठमाडौं :

 पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या पाँच पाँच हजार ९२५ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, पर्सा र कैलाली हुन्।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ।