पर्साका नौ स्थानीय तह माथि कारवाही हुने संकेत

5,768

बिरगंज ।
वैश्वीक कोरोना महामारीलाई कमाउने अवसरको रुपमा ग्रहण गरेर लखनउ लुट मच्चाएको गाउँँपालिका प्रमुखहरुलाई विवरण नपठाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुन: एक पटक ध्यानाकर्षण गराएको छ ।
कोरोना रोकथाम एंव खर्च विवरणमा के कति रकम खर्च भएको सो को विवरण नपठाएर पर्साका यो गाउँँपालिका प्रमुखहरुले भ्रस्टाचार गरेर आफ्नो दुनो सोझयाएकाे सबैले शँका गरेका छन् । श्रावण २५ गते भित्र तोकिएको ढाचामा विवरण नभरे यिनीहरु माथि कारवाही हुने मन्त्रालयले जनाएको छ ।
पर्साका यी पालिकाहरु ले विवरण नपठाएको बताइन्छ,
पोखरिया नगरपालिका,जगरनाथपुर गाउँपालिका,धोबीनी गाउँपालिका,पकाहा मैनपुर गाउँपालिका,बिन्दबासिनी गाउँपालिका,सखुवा प्रसौनी गाउँपालिका,ठोरी गाउँपालिका,कालिकामाई गाउँपालिका,जिराभवानी गाउँपालिका।