सानो पाइलाद्वारा सराहनीय कार्य,प्रहरी र सेनाको लागि ४० सैया आईसोलेसन केन्द्र स्थापना

276

बिरगंज  ।

समुदायमा आधारित सामाजिक संस्था सानो पाइलाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग को सहकार्यमा बीरगञ्जस्थित कलवार धर्मशालामा ४० सैया क्षमताको आईसोलेसन केन्द्रको स्थापना गरेको छ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार बनाएको आईसोलेसन केन्द्रलाई सानो पाइलाले मंगलबार बाट सञ्चालनमा ल्याएको हो। नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहने यस आईसोलेसन केन्द्रमा अंग्रपंक्तिमा रहेर काम गर्दै संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ।
साथै, सानो पाइलाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मान्यता र मापदण्ड अनुसारका खाद्यवस्तु प्रयोगगर्दै सोही कार्यविधी अनुसारको भोजन बनाउने छ। एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षितरुपमा आइसोलेसनमा रहेकाहरुसम्म खाना र खाजा पुगाउने ब्यवस्था गरिएको छ।

सहायता नेपाल (Sahayeta Nepal) , बिड फोर नेपाल (BID for NEPAL/Prayers Na र बुढानिलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज (SEBS North America)को आर्थिक सहयोगमा सानो पाइलाले यो आइसोलेसन केन्द्र स्थापना गरेको हो। ” हामी साथ छौं ” भन्ने मूल मर्म बोकेको यो अभियान मानव सहयोग मानवका लागि भन्ने सुत्रमा आधारित छ। “यतिबेला सरकारी संयन्त्र मात्रै एक्लैको प्रयासले यो महामारी पार लगाउनु कठिन छ,” सानो पाइलाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले भने “यस्तो परिस्थितीमा देश-विदेशमा रहेका नागरिकले राज्य संयन्त्रलाई सघाउने माध्यम सानो पाइला बनेको छ। उनका अनुसार सानो पाइलाले समुदायको सहयोग समुदायसम्म पुर्यौउन साँघुको काम गरिरहेका छ।

सानो पाइलाले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता निशुल्क भोजन, स्वास्थ्य सामाग्री वितरण, एकिकृत हेल्प डेस्कसहित कोभिड–१९ का संक्रमितहरुलाई वीरगञ्ज र जनकपुरमा पौष्टिक भोजन खुवाउदै आएको सबैमा विदितै छ। सानो पाइलाका यी सबै लगायत कोभिड–१९ लक्षित कार्यक्रमहरु समुदायको स्वस्फुर्त सहयोगमा संचालन भइरहेका हुन्। यस बिषम परिस्थितीमा सानो पाइलालाई यो अहम तथा महन्तवपूर्ण मानविय कार्यको जिम्मेबारीका लागि हौसला दिने अस्पताल प्रशासन, स्थानिय प्रहरी प्रशासन, पालिका प्रतिनिधी, नागरिक अगुवा र राजनीतिक दलका प्रतिनिधी तथा संचारकर्मीहरुप्रति  आभार ब्यक्त गरेको छन्।