पछिल्लो २४ घण्टामा ३८१ जना कोरोना संक्रमित, संक्रमितकाे संख्या २१ हजार ३९० पुग्यो

22

काठमाडौं :

पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १५६ पुगेको छ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६० पुगेको छ।