पर्सामा एकैदिन १ सय १६ जनामा कोरोना पुष्टि

561

बिरगंज ।

पछिल्लो २४ घण्टामा पर्सामा  १ सय १६ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

कारागारका कैदीबन्दी ,सशस्त्र प्रहरी, नेपाली सेना,महानगरपालिकाका कर्मचारीसहित ११६ जनामा बुधबार संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् ।