नागरिकहरु माथि प्रहरीको ज्यादती, ध्यान दिन एस.पी पन्तसंग आग्रह

3,562

वीरगंज, २३ साउन ।

कोभिड महामारीको नियन्त्रणको लागि एका तिर पर्सा प्रहरी उपरिक्षक गंगा पन्त दिनरात खटिरहेकी छिन भने केही उनका मातहतका प्रहरीहरु जनतालाई दु:ख दिई अवैध मुद्रा दोहन अभियानमा लागेका छन् ।

यस्तै मुद्रा दोहन अभियानमा शिवपार्वती अस्थायी चौकीमा असई रामसवारथ यादव जुटको बताइन्छ ।

घडिअर्वामा जोगेन्द्र महतोले आफ्नो घर टाँसेको छिमेकी चौकीलाल साहलाई आफ्नो घरभित्र रहेको पसलबाट पाँच किलो आटा दिँदा असई यादवले लठ्ठीले घोँचेर आटाको पाकेट फोरी दिएको दृश्य देखेपछि त्यहाँ उपस्थित व्यक्तिहरु झण्डै असई यादवमाथि जाई लागेका थिए ।

अशोक वाटिका एरियामा असई यादवलाई नजराना दिने रक्सीभठ्ठीका संचालकहरु आफ्नो भट्टी निर्वाध सञ्चालन गरिरहेका छन् भने पसल रहेको घरधनीको छिमेकीलाई खाने सामान सटर बन्द गरी भित्रबाट ल्याएर दिँदा असई यादवको कोपभाजनको शिकार बन्नुपर्ने स्थिती सृजना भएको कार्यपालिका सदस्य शुशील गुप्ताले बताउनु भयो ।

विगत १२ दिनदेखि निषेधाज्ञा जारी रहेको र नागरिकहरुको घरमा राशनपानीको व्यवस्थापनमा कठनाई उत्पन्न भएको छ ।

यस्ता भ्रष्ट मनोवृतिका प्रहरी माथि प्रहरी उपरिक्षक गंगा पन्तले लगाम लगाउन जरुरी रहेको स्थानीयबासीहरुको भनाई रहेको छ।