कोरोनाले बिरगंजमा थप एक वृद्धको मृत्यु

296

बिरगंज :

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिरगंज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

(फाइल :फाेटाे)