पछिल्लो २४ घण्टामा ४ सय २५ कोरोनामुक्त,संक्रमितको संख्या २२ हजार नाघ्‍यो

245

काठमाडौं :

पछिल्लो २४ घण्टामा नेपालमा ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८ सय १४ पुगेको छ। विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७० पुगेको छ।